१६ प्रहरी सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्यो ७ दिने सूचना
खबर एक्सप्रेस
२०८१-०१-१० ०८:४३ मा प्रकाशित
Total Shares: 77
काठमाडौं - नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको हुन् ।
बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ ।
प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ ।
तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस