एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै, लुम्बिनीलाई जित्नैपर्ने दबाब
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 35
काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज अपराह्न ४ बजे खेल सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ ।
रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमा मात्र जित हात पारेको छ ।
प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस