काठमाडौं  -नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन्।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने- ‘हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्नेपक्षमा छौं ।’

उनले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए ।

अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने बताए।

यस्तै बैठकमा देशभर मनसुनजन्य विपद्ले पु¥याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको बताए।