विराटनगर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताको मतगणना स्थलमै निधन भएको छ ।

रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको हो ।

रेग्मी मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि समेत हुन् । 

उनको हृदयघातकै कारण निधन भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बिहानैदेखि मतगणना स्थलमै थिए । मतगणना स्थलबाट खाना खान गएका बेला उनी एक्कासी ढलेका थिए । 

एकासी ढलेका उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । हाल उनको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।