काठमाडौं - यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । 

बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य कारण नै अव्यवस्थित रुपमा निर्माण गरिएका ग्रामीण सडक भएको पाइएको छ । 

स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोको मुख्य कारण भएको भूगर्भविद्ले बताएका छन् । 

यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएलगत्तै मुलुकभर सक्रिय भएको वर्षाले ठूलो मात्रामा जनधनको क्षति गरेको छ । 

गृह मन्त्रालयले आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २ सय ४९ र बाढीबाट ३६ जनाको ज्यान गएको छ । 

 राजधानी दैनिकबाट