कतार विश्वकपको समाचार कभर गर्ने क्रममा फुटबल पत्रकारको मृत्यु
खबर एक्सप्रेस
२०७९-०८-२४ ०२:३९ मा प्रकाशित
Total Shares: 223
काठमाडौं,एजेन्सी-कतारमा विश्वकपको समाचार कभर गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ ।
४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।
यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई “हृदयविदारक“ भनेको छ ।
फेसबुक पेज Like गर्नुहोस