काठमाडौं- पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक  पक्राउ परेका छन्। 

फ्लाई दुबईबाट आइतबार साँझ  पौने ७ बजे आएका भारतीय नागरिक  सुरेश कुमार र  मोहन कुमार गणेशन पक्राउ परेकाे विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन्। उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।