एजेन्सी - चिनियाँ राष्ट्रपति सि जिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच भेटवार्ता भएको छ ।

सोमबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा सी र मुनबीच भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । भेटवार्तामा दुबै नेताबीच रणनीतिक साझा साझेदारी, ठोस चासो र मुख्य सरोकारका विषयमा एकअर्कालाई सघाउने र द्विपक्षीय सम्बन्धलाई थप सुधार गर्दै लैजाने लगायतका विषयमा छलफल भएको थियो ।

यतिबेला चीन,जापन र दक्षिण कोरियाका शीर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएका हुन् । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मंगलबार उक्त बैठक हुन लागेको छ ।