मुख्यमन्त्री पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
खबर एक्सप्रेस
२०७७-०७-०७ ०४:४२ मा प्रकाशित
Total Shares: 365
काठमाडौं - कोरोनाभाइरस संक्रमित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।
शुक्रबार दिउँसो सेनाको हेलिकप्टरमार्फत् उनलाई काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ। उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र लगिएको बताइएको छ ।
उनलाई बिहीबार कोरोना संक्रमण देखिएपछि होम आईसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस