संसदीय समितिको बैठक अपराह्न ४ बजे बस्ने
काठमाडौं - बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक पुनः अपराह्न ४ बजे बस्दैछ।
केहीबेरअघि सम्पन्न बैठकमा प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज हेरिएको थियो। भिडियो हेरेपछि बैठक पुनः ४ बजे बस्ने निर्णय भएको हो। भिडियो असार १४ गतेकै हो या होइन भन्नेबारेमा भने केही पनि बताइएको छैन।
अपराह्न बस्ने बैठकमा प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ।
प्रहरीको फरेन्सिक ल्यावले सिसिटिभी फुटेको रिपोर्ट सोमबार समितिलाई बुझाएको थियो। यसअघि बसेको समितिको बैठकले अर्थमन्त्रालयको फुटेज रिकभरी गर्नको लागि फरेन्सिक ल्यावमा पठाउने निर्णय गरेको थियो।
छानबिनको क्रममा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने संकेत कतैबाट नपाएपछि सीसीटीभी फुटेज नै अब निर्णायक हुनेछ। समितिले हेरिरहेको फुटेजमा के छ भन्ने चासो धेरैको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस