प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या
खबर एक्सप्रेस
२०७६-१०-२६ ११:०० मा प्रकाशित
Total Shares: 326
काठमाडौं - प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य समस्या देखिए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित गरिएको छ ।
शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल बीच आइतबार सचिवालय बोलाउने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिए पछि सचिवालय बैठक स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले शनिबार नियमित डायलासिस गराएका थिए ।
फेसबुक पेज Like गर्नुहोस