अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा देखाइयो
खबर एक्सप्रेस
२०७७-०८-१० १२:१५ मा प्रकाशित
Total Shares: 400
काठमाडौं,बुटवल - मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् ।
काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका हुन् ।
अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपछि पौडेलको रुपन्देहीमा आलोचना हुँदै आएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस