काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन् ।

लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई अदालत पेश गर्ने तयारी गरिरहेको छ ।

लामा ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएका थिए ।