काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामगराई अपेक्षित नरहेको बताएका छन्। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आयोजना गरको कार्यक्रममा बोल्दै थापाले सरकार गठन भएको १०० दिन पुग्दा पनि जनतामा आशा जगाउने काम हुन नसकेको टिप्पणी गरेका हुन्।

कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको थापाको भनाई छ। थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताए।

कार्यक्रममा बोल्दै थापाले विद्युत खपत बढाउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने भन्दै विद्युत प्राधिकरणको प्रतिष्ठा जोगाउने गरी काम हुनुपर्ने बताए।