काठमाडौं - माछापुच्छ्रे बैंकले भिसा डाइरेक्ट सेवाको सुरु गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा यो सेवा सुरु गरेको बैंकले जनाएको हो ।

यो सेवाको सुरु भएसँगै विदेशमा रहेका यस बैंकका भिसा कार्ड प्रयोगकर्तालाई सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ । भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमार्फत नेपालमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।