भारतसँग वार्ताको पहल भैरहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल भैरहेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताए ।
उनले दुवै पक्षले स्वीकार गरेको पक्ष भनेको परराष्ट्र सचिव स्तरीय वार्ता नै हो भन्दै प्रधानमन्त्री वा परराष्ट्रमन्त्री तहमा तत्काल कुरा गर्न नचाहेको बताए ।कोरोना नियन्त्रणपछि नभई भारतसंग तत्कालै वार्ता चाहेको उनको भनाई थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । विगतमा समस्याको समाधान नहुनुका पछाडि दलहरुबिचको एकता नहुनु पनि एक रहेको उनले टिप्पणी गरे ।
भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा पहिल्यैदेखि नभएको विषयमा आफूले राखेको भनाईलाई सञ्चार माध्यमले गलत रुपमा प्रस्तुत गरेको जिकिर गरिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस