काठमाडौं - राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।

निर्वाचन आयोगले पुस २३ गते मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गर्ने भएको हो ।

पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोएिको थियो । उम्मेदवारले चाहेमा आइतबार नाम फिर्ता लिने र दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। रिक्त १८ पदका लागि विभिन्न कलस्टरबाट ४४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपाले गठबन्धन गर्दा नेपाली कम्युनिष्ट पार्टी नेकपा एक्लै भिडेको छ।