‘छिन्नभिन्न’ चन्द समूह
काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटव्यूरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमाण्ड हेमन्तप्रकाश वलीसहित ८ जना चैत ८ मा काभ्रेबाट समातिए ।
गत बैशाख २५ मा पोलिटव्यूरो सदस्य भरत बम विस्फोटक पदार्थसहित नेपालगन्जबाट पक्राउ परे । गत असोज २९ गते राति मध्यपश्चिम कमाण्ड इन्चार्ज भन्द्रबहादुर चन्द (वीरगन्ज) र राप्ति व्यूरो इन्चार्ज सुवास वाठासहित २१ नेता दाङबाट समातिए ।
सरकारले ०७५ फागुन २८ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि चन्द्र समूहका अधिकांश नेता कार्यकर्ता भूमिगत छन् ।
प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरिय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५० नेता कार्यकर्ता समातिइसकेका छन् ।
सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता(कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन् ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस