काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलिय गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्।

नेपाली विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आशंका व्यक्त गरेका हुन् । अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्र्नु उनको भनाई छ । 

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्‍यो भनेको हो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ ।’ उनले भने, ‘कांग्रेस ठूलो पार्टी छ धेरै सिट लिनुस्। हामीलाई पनि केही सिट दिनुस् भनेका छन् । गठबन्धन बचाउनुपर्छ। ’