काठमाडौं - महंगी बढ्यो । उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन् । छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ । महंगीले उखु खेतीमा लगानी थपियो । तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन् ।

तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उखु बुझाउन बाध्य छन् । यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ । यो मूल्य तीन वर्ष अघिकै मूल्य हो । उखु बालीलाई सरकारले नगदे खेती सूचीमा राखेको छ । उद्योगीले उखु लिएर किसानलाई २ वर्षसम्म भुक्तानी दिँदैनन् । आफ्नै उत्पादनको मूल्य लिन किसानले आन्दोलन गर्नुपरेको किसानको गुनासो छ ।

‘ऋणमै किसानले उखु उब्जाउँछन् । कर्जा काढेर त्यसको गोडमेल गर्छन् । फेरि ऋणकै भारी बोकी कटानी र ढुवानी गर्छन् तर उधारोमै बिक्री गर्नु परिरहेको छ’, उखु उत्पादक कृषक संघ रामनगर महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने । 

अन्नपूर्ण पोष्टबाट