सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
खबर एक्सप्रेस
२०७८-०७-०९ ०१:४२ मा प्रकाशित
Total Shares: 174
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ ।
उक्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस