देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध
खबर एक्सप्रेस
२०८२-०६-२० १०:५५ मा प्रकाशित
Total Shares: 100
काठमाडौं - निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १९ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ।
यस्तै कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस