सुदूरपश्चिममा मुख्यमन्त्री शाहले पाए विश्वासको मत
खबर एक्सप्रेस
२२ घण्टा अगाडि
Total Shares: 40
कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनलाई विश्वासको मत लिनु परेको थियो ।
४५ सांसद उपस्थित रहेकोमा ३० जनाले मुख्यमन्त्रीको पक्षमा मत हालेका छन् भने १५ सांसदले विपक्षमा मतदान गरेका हुन् ।
नाउपाका सात सांसदमध्ये एकमात्र कैलाश चौधरीले प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे । बाँकी छ जना सांसद भने उपस्थित भएनन् ।
यस विश्वासको मतमा कांग्रेसका १८ र नेकपा एमालेका ११ मत पनि मुख्यमन्त्रीको पक्षमा परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस