उपसभामुख तुम्बाहाङ्फेको अडान कायमै, भनिन् – म राजीनामा दिन्न
खबर एक्सप्रेस
२०७६-०९-२७ ११:०० मा प्रकाशित
Total Shares: 314
काठमाडौं - सत्तारूढ नेकपाले उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा नदिने बताएकी छिन् ।
उनले कुन दलले के निर्णय गर्यो त्यो आफूलाई थाहा नभएको पनि बताइन् ।
आइतवार बस्ने प्रतिनिधिसभाको बैठक संविधानअनुसार आफूले पाएको अधिकार प्रयोग गर्दै अगाडि बढ्ने बताइन् । ‘कुन दलले के निर्णय गर्यो त्यो सबै मलाई थाहा छैन,’ उनले भनिन्,‘संविधानअनुसार पाएको अधिकार प्रयोग गर्दै म अगाडि बढ्नेछु, म राजीनामा दिन्न ।’
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस