काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीको रुपमा ओलीले बोलाएको यो तेस्रो सर्वदलीय बैठक हो। यसअघि भारतले राजनीतिक नक्सा जारी गर्दा र कालपानीमा सडक उद्घाटन गरेपछिको परिस्थितिको बारेमा छलफल गर्न उनले बैठक बोलाएका थिए।