प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता जारी
खबर एक्सप्रेस
२०७८-१०-२९ ०१:०६ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ ।
पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उनीहरूबीच भेटघाट भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेटवार्ता चलिरहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने उनको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस