काठमाडौं - नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बोलाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएका हुन् ।

शुक्रबार बस्ने स्थायी समितिको तयारीका लागि बैठक बोलाइएको बताइएको छ ।