कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने
खबर एक्सप्रेस
२०७७-०२-१५ ०५:१३ मा प्रकाशित
Total Shares: 522
काठमाडौं - कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै उक्त कुराको घोषणा गरेका हुन् ।
उक्त कोषबाट ५ प्रतिशत व्याजमा त्यस्ता उद्योगहरूलाई व्यवसाय सहज नभएसम्मको लागि रकम उपलब्ध गराउने र सो रकमबाट कमदारको पारिश्रमिक दिने व्यवस्था मिलाइएको छ । उद्योगहरू सहज भएपछि रकम कोषमा फिर्ता गर्नुपर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस