कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा
खबर एक्सप्रेस
२०८२-०९-२३ ०९:३९ मा प्रकाशित
Total Shares: 29
काठमाडौं-ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् ।
गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै चौतर्फी आलोचना भएपछि घिसिङ राजीनामाका लागि तयार भएका थिए ।
उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए पनि अहिले भने रास्वपासँग एकता गरेका छन् । उनी रास्वपा उपसभापति पनि हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस