जुरिचलाई १–० गोल अन्तरले हराँउदै आर्सनलको जित
खबर एक्सप्रेस
२०७९-०७-१८ ०८:३५ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - गएराति भएको खेलमा आर्सनलले जुरिचमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा १७ औं मिनेटमा केरियन टेमिले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।
सोही अग्रता आर्सनलले अन्तिमसम्म जोगाउँदै टिमलाई क्वाटरफाइन्लमा पुर्याएको छ । आर्सनलले समूह चरणमा १५ अंक जोड्दै आफूलाई शीर्ष स्थनमा राख्न सफल भएको हो ।
यही समूहमा रहेको पीएसभी दोस्रो स्थानमा रहँदा बोडो र जुरिच क्रमश तेस्रो र चौथो स्थानमा रहे । गयराति नै भएको खेलमा पीएसभीले बोडोमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस