काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिस गरेको थियो ।