सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
खबर एक्सप्रेस
२०८२-०४-२७ ०९:३७ मा प्रकाशित
Total Shares: 66
रुपन्देही - रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
भारतबाट भन्सार छली कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो ।
खत्री सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस