द्रुतमार्ग आयोजना प्रमुखको जिम्मेवारी पोख्रेललाई
काठमाडौं – काठमाडौं– निजगढ द्रुतमार्ग ९फास्ट ट्रयाक० का आयोजना प्रमुखको जिम्मेवारी महासेनानी विकास पोख्रेललाई दिइएको छ । द्रुतमार्गको आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको जिम्मेवारी खोसेर विकास पोख्रेललाई दिइएको हो ।
द्रुतमार्ग निर्माणमा अनियमितता भएको भन्दै रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको हो । श्रेष्ठलाई एक महिनाअघि नै जिम्मेवारीबाट हटाइएको थियो तर यसलाई गुपचुप राखेको पाइएको छ ।
जंगीअड्डाका एक उच्च अधिकृतले छानविन भइरहेकाले यसबारे नबताइएको हुनसक्ने बताएका छन् ।स्रोतका अनुसार प्राविधिक उपरथी योगेन्द्र खाँड आयोजना प्रमुख भएको बेला अनियमितता भएको भन्दै उजुरी परेको थियो । खाँडले १३ असारमा अनिवार्य अवकाश पाइसकेका छन् । त्यसपछि श्रेष्ठ आयोजना प्रमुख बनेका थिए ।
अहिले प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गमा भएको भनिएको अनियमिताबारे छानविन गर्न बलाधिकृत रथी शरद गिरीलाई छानविन गर्ने जिम्मेवारी दिएका छन् । गिरीको टोलीले छानविन थालेलगत्तै श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ ।
खाँडले आयोजनाको नेतृत्व गरेका वेला श्रेष्ठ डिजाइन इञ्चार्ज भएकाले उनी पनि छानविनमा तानिएको एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘छानविनले निर्दोष देखायो भने उहाँ फेरि जिम्मेवारीमा फर्कनसक्नुहुन्छ’, उनले थपे ।
फेसबुक पेज Like गर्नुहोस