शंखरापुरमा घरभित्रै निस्सासिएर एक दम्पतीको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-१३ १२:४२ मा प्रकाशित
Total Shares: 183
काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर एक दम्पतीको मृत्यु भएको छ ।
शंखरापुर नगरपालिका -३ बोझेनीमा बसोबास गर्दै आएका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
बुधबार राति घरभित्र न्यानोका लागि आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका उनीहरू बिहान मृत भेटिएका हुन् । हाल घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको र त्यसपछि विस्तृत विवरण आउने जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस