काठमाडौं - वैदेशिक रोजगारीको बहानामा मोटो रकम ठगी गरेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका–२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौं महानगरपालिका–२६ बस्ने धनकुटाको धनकुटा नगरपालिका–२ घर भएका ३१ वर्षीय सन्तोष राई, ललितपुरको धापाखेल बस्ने काठमाडौंको कीर्तिपुर नगरपालिका–२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया बिन्दा महर्जन र बुढानीलकण्ठ नगरपालिका–११ बस्ने काभ्रेको चौँरीदेउराली–९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।