राष्ट्रपति भण्डारीले गरिन् ऐतिहासिक रानीपोखरीको उद्घाटन
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १२ बजेतिर पुन:निर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।
यसअघि असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो। २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि सुनको लेपन भएको गजुर राखिएको हो।
फेसबुक पेज Like गर्नुहोस