काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप खेपेकी गायिका आस्था राउत आफैं प्रहरी समक्ष पुगेकी छिन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेको एक सातापछि उनी सोमबाट बिहान ८ बजे नै आफ्ना नातेदारसहित  टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

माघ १ गते विमानस्थलको आन्तरिक टर्मिनल कक्षमा सुरक्षा चेकजाँचको क्रममा गायिका राउतले महिला प्रहरी जवानमाथि दुव्र्यवहार गरेको भन्दै उजुरी दर्ता भएको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिक राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरुद्ध लागेको आरोपको पुष्टि भएमा उनले १ वर्षसम्म कैद र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।

तर, उनी आफै प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेकीले प्रहरी केही लचिलो बन्नसक्ने बताइएको छ ।