‘चन्द्रागिरिमा ७०० भाडा लिनुको कारण के ?’
खबर एक्सप्रेस
२०७६-०७-१८ ११:०० मा प्रकाशित
Total Shares: 447
काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७०० रुपैयाँ भाडा लिनुको कारण खुलाइ ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।
विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के कति कारणले निर्धारण गरेको हो, प्रमाण पेश गर्नू’ भनि निर्देशन दिएको हो । विभागको टोलीले अनुगमनलगत्तै तत्कालै लिखितपत्रमार्फत निर्देशन दिएको थियो । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले हिल्सले जवाफ पेश गरेपछि विस्तृत अनुसन्धान थाल्ने बताए ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस