काठमाडौं - प्रतिनिधिसभाको बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना धारणा राखेका थिए।
बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
बुधबारको बैठकमा सांसदहरूले समसामयिक राजनीतिक, सामाजिक तथा जनजीविकासँग सम्बन्धित विषय उठाउँदै सरकारलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेका थिए।

.gif)


