काठमाडौं - अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नजाने भएका छन्।
प्रधानमन्त्री शाह नजाने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्। प्रधानमन्त्री शाहले परराष्ट्रमन्त्री शिशिर खनाललाई राष्ट्रसंघको महासभामा पठाउन लागेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औं महासभामा सहभागी हुन परराष्ट्र मन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ–‘संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने।’
यसअघि संयुक्त राष्ट्र संघको महासभामा प्रायः नेपाली टोलीको नेतृत्वमा प्रधानमन्त्रीले गर्दै आएका थिए।

.gif)


