काठमाडौं - दुरसंचार क्षेत्रको नियामक निकाय नेपाल दुरसंचार प्राधिकरण सक्रिय भएर काम गरिरहेको छ । 

प्राधिकरणको नेतृत्वमा दुरसंचार क्षेत्रमा लामो समय कार्य अनुभव भएको पुरुषोत्तम खनाल आएपछि नयाँ ढङ्गले दुरसंचार प्राधिकरणमा तीव्र गतिमा काम भैरहेको  छ । 

कोरोना भाइरस (कोभिड १९)को महामारीले देश लकडाउनमा भएको समयमा पनि दुरसंचार सेवा भरपर्दाे सर्वसुलभ र गुणस्तरीय बनाउन सक्नु अध्यक्ष खनालको ठूलो सफलता हो । 

लकडाउनका कारण मानिसहरु घरमै बसिरहेका हुन्छन्,। इन्टरनेटको बढी खपत भएको छ । प्राधिकरणले सेवा प्रदायकहरुलाई गुणस्तरीय सेवा दिन निर्देशन दिएका कारण जनताले राम्रो सेवा पाएका छन् । 

दुरसंचार सेवा सर्वसुलभ रूपमा उपलब्ध भएको कारण अहिले अनलाइन मार्फत पठनपाठन लगायत धेरै काम भइरहेको छ । नयाँ नयाँ प्रविधि भित्र्याउन समेत प्राधिकरणले काम गरिरहेको छ । यो सेक्टरले राज्यलाई सबैभन्दा बढी कर तिर्ने गर्छ । जस्ले मुलुकको बिकास र  समृद्धिमा ठुलो सहयोग पुर्‍याएको छ  ।