काठमाडौं-१२८ मेगावाटको तमोर–मेवाको पिपिए सम्पन्न भएको छ ।

तमोर मेवा हाइड्रोपावरको १२८ मेगावाटको आयोजनामा नेको इन्स्योरेन्सले १० प्रतिशत अर्थात ५० करोड लगानी गर्ने भएको छ भने थुप्रै बैंक तथा वित्तीय संस्थाहरु समेत लगानीको लागि उत्सुकता  देखाएका छन् । 

सोमबार स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको तमोर मेवा हाइड्रोपावर कम्पनी र  नेपाल विद्युत प्राधिकरणबीच भएको सम्झौतामा प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक कुलमान घिसिङ,निर्देशक प्रबल अधिकारी र स्पार्क हाइड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुदिपकुमार चौधरी , नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का लगाएतको उपस्थिति रहेको थियो ।