अत्यावश्यक बाहेकका सरकारी कार्यालय १५ दिनसम्म बन्द गर्न आग्रह
काठमाडौं - काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई आग्रह छन् । बिहीबार बसेको काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव दिएको हो ।
काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीहरुको यो सुझाव गृहमन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा पठाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार नै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका प्रमुखहरुसँग छलफलसमेत गरेका थिए ।
त्यस्तै, अधिकारीहरुले काठमाडौं उपत्यकाका तीन जिल्लाका सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने माग गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस