काठमाडौं - बलिउड अभिनेता इमरान हासमीले आगामी फिल्म वायुसेनामा एयरफोर्स अफिसरको चरित्र निभाउने भएका छन् । इमरान पहिलोपटक एयरफोर्स अधिकारीको भूमिकामा देखिन लागेका हुन् । फिल्मलाई विजय रत्नाकर गुट्टेले निर्देशन गर्नेछन् ।

फिल्मको सुटिङ यसै वर्ष सुरु हुने बताइएको छ । फिल्म सक्कली एयरबेस तथा फाइटर जेटका साथ सुटिङ गर्न निर्माताले यसअघि नै सरकारसँग इजाजत लिइसकेका छन् ।