काठमाडौं - आज सुनको भाउ बढेको छ । सोमबार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

छापावाल सुन प्रति दशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ९ सय पुगेको महासंघले जनाएको छ ।