काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । जेनजी आन्दोलनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा सुरु भएको हो ।

जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन अध्यक्ष ओलीले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।

जेनजी आन्दोलनले सत्ताबाट बहिर्गमन भएका अध्यक्ष ओलीलाई नेतृत्व त्याग्न कतिपय नेताहरूले सुझाव दिँदै आएको अवस्थामा ओलीले दिने जवाफ र एमालेले लिने नयाँ रणनीतिबारे कार्यकर्ताहरूले चासोका साथ हेरेका छन्

जेनजी आन्दोलनमा बालकोटस्थित निवासमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली गुन्डु सरेकाले उनकै निवासमा बैठक बसेको छ ।