काठमाडौं - शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुविरुद्ध किटानी उजुरी दिन आह्वान गरेका छन्  ।

कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गरिरहेका बेला मन्त्रालय र आयोगले आइतबार संयुक्त वक्तव्य जारी गरी बढी शुल्क लिने कलेज सञ्चालकविरुद्ध ठगी मुद्दामा कानुनी कारबाहीका लागि प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिन अभिभावक र विद्यार्थीलाई आग्रह गरेका हुन् । 

कान्तिपुर दैनिकबाट