काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् ।

शुक्रबार माओवादीको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । उनले एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयको विरोध भएपछि त्यसको बचाउसमेत गरेका छन्।

‘हिजो हामीले गठबन्धनको सरकार बनाउँदा ल्याएको नीति तथा कार्यक्रममा एमसीसी राखिएको थिएन,’ प्रचण्डले भने, ‘तर, क्रमशः त्यो विषय गठबन्धनभित्र नै चर्चाको विषय बन्यो। एमसीसी अनुमोदन नभएको भए फेरि प्रतिगमनका मतियार सलबलाउने सम्भावना थियो। अब निकास पनि दिइयो ।’