२४ घण्टामा ४९ जनामा कोभिड संक्रमण
खबर एक्सप्रेस
२०७९-०३-०९ ०५:२९ मा प्रकाशित
Total Shares: 256
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १२ सय ३४ जनाको पीसीआर र १२ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, अहिले नेपालमा एक सय ६७ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
कोरोनका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस