काठमाडौं - बाँकेको कोहलपुरस्थित पावर्तीपुरमा एक दम्पती मृतावस्थामा भेटिएका छन् । 

आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार श्रीमानको हातमा चोट देखिएको र श्रीमतीको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको छ । 

उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।